काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । हिजो अनुमगन गरेका आठ वटा अस्पतालमध्ये कानून विपरित सञ्चालनमा रहेका पाँच वटा अस्पातल बन्द गर्न निर्देशन दिएको मन्त्रालयका स्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिए ।
बन्द गरिएकोमा बर्दिवास वडा नम्बर १ मा सञ्चालित पिनाकल हस्पिटल, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थेपेडिक एण्ड क्लिनिक प्रा.लि र खोमुसरा डेन्टल क्लिनिक प्रा.लि रहेका छन् । झन्डै एक महिना अघि मुस्कान अस्पतालमा पत्थरीको सल्याक्रिया गरेका बिरामीको २० दिनसम्म पनी होस नआएको घटना बाहिरीएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्र पारेका हुन् ।
अहिलेसम्म ५९ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेकोमा २२ वटा स्वास्थ्य संस्थाहरु बिना अनुमति सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले ती अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । यस्तै नकिरण नगरेका २२ वटा अस्पतालले कागजात पूरा गर्न दुई महिनाको समय दिइएको छ ।






