काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको उपचार जारी छ । शाहको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयाघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । विसं २०७२ भदौ १० गते पनि मुटुमा समस्या आएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।






