काठमाडौं । जनकपुरधाम स्थित एक गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको हो।

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको ठीक अगाडी रहेको सो गेस्ट हाउसको कोठा नम्बर ३०१ मा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।

मृत फेला परेका पुरुष महोत्तरीको पिपरा गाउँपालिका ७ का सागर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दिउँसो ३ बजे गेस्ट हाउस संचालकले चौधरी मृत फेला परेको जानकारी गराएका थिए ।

सागर दुई जनासँगै आएको र उनीसंगै रहेका व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । चौधरी वास बसेको सो कोठा सिरहाको मिर्चैयाका अमित साहको नाममा बुक गरिएको गेस्ट हाउसका एक कर्मचारीले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय