काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जीपी कोइराला अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय