काठमाडौं । राजसंस्था पुनः स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले नेपालको राजनीतिक परिवर्तनमा आन्दोलन जारी राख्ने धारणा व्यक्त गरेका छन् ।
उनले स्पष्ट पारेका छन् राजसंस्था पुनः स्थापना, नेपाललाई हिन्दू राष्ट्र बनाउने, संघीयता खारेज गर्ने, र बहुदलीय प्रजातन्त्रको विरोधका लागि चलाइने आन्दोलन निरन्तर रहनेछ ।
तीनकुने घटनाको छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्र सङ्घको मानव अधिकार उच्च आयोगमा ज्ञापन पत्र बुझाएको अवसरमा उनले भने, “हामी शान्तिपूर्ण आन्दोलन गर्दैछौं, तर कसैले आक्रमण गरे भने हामी प्रतिकार गर्न तयार छौँ।”
सुवेदीले आफ्नो आन्दोलनलाई राष्ट्रिय झण्डाको सम्मानसँग जोड्दै भने, “राष्ट्रिय झण्डा बोकेर हिँड्ने मान्छेलाई झण्डाको दुरुपयोग भन्ने मान्छे नै अराष्ट्रिय हो।” उनले नेपालको राष्ट्रलाई सुरक्षित राख्ने प्राथमिकता दिँदै भने, “पहिले राष्ट्रको सुरक्षा गरौँ, त्यसपछि पार्टीको झण्डा र झगडा गरौँ।”
उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाए र थपे, “नवराज म¥यो भने पनि यो आन्दोलन जारी रहनेछ।” उनी विश्वका धेरै वृद्ध नेताहरूको उदाहरण दिँदै आफूले नेपालमा राजसंस्था पुनः स्थापना र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सक्षम रहेको बताए ।






