काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ’दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ’घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय