काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनुकने घटनामा ज्यान गुमाएका सविन महर्जनलाई शहीद घोषणा गर्न नसकिने बताएका छन् । गणतन्त्र समाप्त पार्न भएको उक्त घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने राजावादीहरुको माग नौटंकी भएको उनले तर्क गरे ।

त्यस्तै उनले दलैपिच्छेको संगठन बनाउने कुराले सुशासन कायम गर्न बाधा भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार हुन नहुने समेत बताए ।

अहिले कर्मचारी संगठनका कारण एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्ने वातावरण नभएको उनले बताए । मन्त्री गुरुङले कर्मचारीलाई स्थाइ सरकार भनेपनि जसको नेतृत्वमा सरकार बन्छ, उसै निकट कर्मचारी संगठनको शासन चल्ने गरेको उनको भनाई छ ।

त्यस्तै मन्त्री गुरुङले सञ्चारमाध्यमलाई बलियो बनाउनेगरि सरकारले आवश्यक कानून ल्याउने स्पष्ट पारे । अहिले मुलुकमा खोज पत्रकारिता निकै कमजोर देखिएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय