काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली कांग्रेसलाई गभर्नर दिने पक्षमै रहेको बताएका छन् । नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले ढिलाई भएको बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए । ‘उहाँ (प्रधानमन्त्री ओली) गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ’, देउवाले भने । सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पार्नुभयो । अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसंग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमश कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक बिकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे । आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थीतिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले सार्वजनिक सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्ने उल्लेख गरे ।

सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरु खुलेको भन्दै गिरिजाप्रसादले सवै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर गरे । उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारिहरुको भएको भन्दै उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजि क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय