काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ।
अमेरिकाको मध्यस्ततामा दुबै देशबीच युद्ध बिराम भएको हो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज दुवै देशका अधिकारीहरुबीच भएको वार्ताले युद्धबिरामका लागि सहमत भएको बताएका छन् । अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका हुन् ।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका जनाएका थिए । दुवै देशले आज साँझ ५ बजेदेखि हवाई, जल र जमिनमा आक्रमण तुरुन्तै रोक्ने निर्णय गरेको बिदेश सचिव मिश्रीले जनाएका छन् । थप वार्ता १२ मेमा हुने जनाइएको छ ।






