काठमाडौं । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका ६ वटा दमकल प्रयोग भएका छन् ।

आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ ।

उक्त स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय