काठमाडौं — अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितिद्वारा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री रमेश लेखकको भ्रष्‍टाचारमा संलग्नता रहेको भन्दै तीव्र भ्रत्सना गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थी नेताहरूले मन्त्री लेखकले जनताको विश्वासमा धोका दिएको र उनको नेतृत्वमा भ्रष्‍टाचार मौलाउँदै गएको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्।

कार्यक्रममा केन्द्रीय समितिका महासचिव रोशन थापा मगर, उपमहासचिव नीरोज श्रेष्ठ र केन्द्रीय सचिव प्रेम जैसीले आ–आफ्नो धारणा राख्दै गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका थिए।

समितिले भ्रष्‍टाचारविरुद्ध सशक्त आन्दोलन छेड्ने चेतावनी दिँदै जनताको सम्पत्तिमाथि हात हाल्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ।

समापन मन्तव्यमा समितिका अध्यक्ष प्रदीप भण्डारीले पनि उक्त विषयमा गम्भीर आपत्ति जनाउँदै कार्यक्रमलाई समापन गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय