काठमाडौँ : चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत दोस्रो दिन निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे तय भएकोबन्द सत्र अझै शुरु भएको छैन।

महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र शुरु हुन नसकेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटि भेटिएकाले सच्याउने र रुजु गर्नुपर्दा समय लागेको बताइएको छ। महाधिवेशन प्रतिनिधिहरूले त्रुटि सच्चाउन निवेदन दिनुपर्ने प्रावधान छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय