समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा भएको भनिएको कर्जा अपचलन तथा आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।
उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।
बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी विषयमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कर्णाली डेभलपमेन्ट बैंक पछिल्लो समय जोखिमपूर्ण कर्जा प्रवाह, नक्कली धितोका आधारमा कर्जा वितरण तथा कमजोर आन्तरिक नियन्त्रण प्रणाली लगायतका विषयमा विवादमा पर्दै आएको थियो।






