काठमाडौं:मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रशासनिक फेरबदलका बीच प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ठीक ३ बजे बस्ने गरी बैठक बोलाइएको हो। निकै चासोका साथ हेरिएको आजको बैठकबाट केही महत्त्वपूर्ण र ठूला एजेन्डाहरूमाथि निर्णय गर्न सक्ने स्रोतको दाबी छ।
बैठकमा सहभागी हुन सबै मन्त्रीहरूलाई कार्यसूचीसहित उपस्थित हुन निर्देशन दिइसकेको छ।






