काठमाडौँःनेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि निर्देशन दिएको हो ।

यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध कानुनी उपचार खोज्दै सर्वोच्च पुगेका शाहको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अब अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले थप निर्णय गर्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय