काठमाडौँ:आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्याण्ड्सको सामना गर्दैछ ।
आज दिउँसो पौने ३ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासंग ८ विकेटले पराजित भएको थियो । एकदिवसीय मान्यताका लागि महत्वपुर्ण मानिएको प्रतियोगितामा नेपालले राम्रो प्रर्दशन गर्न सकेको छैन ।
जारी लिगमा अमेरिका ४३ अंक सहित शीर्ष स्थानमा छ । ३८ अंकको स्कटल्याण्ड दोस्रो तथा ३२ अंक सहित नेदरल्याण्डस् तेस्रो स्थानमा छ । ३१ अंकको ओमान चौथो तथा २४ अंकको नेपाल पाँचौ स्थानमा रहेको छ ।






