काठमाडौँःबीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिका–७ सिफलबाट रिमाललाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार दीपक भट्टसँग जोडिएको उक्त मुद्दामा २८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुँदा रिमाल फरार रहेकाले फरार प्रतिवादीका रूपमा अभियोग दर्ता गरिएको थियो ।






