काठमाडौँःप्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा,गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुुनेछन् । छलफलमा नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोग प्रवद्र्धनका विषयमा विचारविमर्श हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि विभिन्न क्षेत्रका व्यवसायीसँग निरन्तर संवाद गर्दै उनीहरूका जायज माग सम्बोधन गर्दै आउनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय