काठमाडौँःभूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउन देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) ले गरेको कानुनी व्यवस्थाअनुसार स्थानीय तहमार्फत प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउन सकिने जनाएको हो । भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३ स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ । अब प्रत्येक स्थानीय तहले भूमि बैंक स्थापना गरी बाँझो जग्गा उत्पादनमूलक उपयोगमा ल्याउने प्रक्रिया सुरु गर्नेछन् ।

मन्त्रालयले सम्बन्धित जग्गाधनी तथा सरोकारवालालाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकको सुविधाको लाभ लिन आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय