काठमाडौँःनेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि नै नेकपा र नेपाली कांग्रेसका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । आफ्नो पूर्ववत् सहमति अनुसार नै कँडेलविरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने दलले आधिकारिक निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘यसअघि नै हामीले उहाँमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छौँ । अब निर्णय परिवर्तन गर्ने कुरा हुँदैन’, उनले भने । सङ्घमा नेकपा एमाले–नेकपाबीच प्रदेशमा सत्ता समीकरणका लागि छलफल चलिरहेको बताइएको छ । तर, नेकपा कर्णाली संसदीय दलले भने काठमाडौंका छलफललाई आधार नमानेको बताएको छ । ‘पार्टीले आधिकार निर्णय ग¥यो भने हामी त्यो निर्णय मान्छौं । तर, छलफल चल्दैमा प्रदेशमा हाम्रो निर्णय फेरीदैन्’, प्रमुख सचेतक जिसीले भने ।

प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय