काठमाडौँःभारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि ३६ दिनदेखि दिल्लीको जन्तर–मन्तरमा जारी विद्यार्थी आन्दोलन समाप्त भएको छ । राजीनामाको खबर पुग्नेबित्तिकै प्रदर्शनकारीहरूले नाचगान, नाराबाजी र एकअर्कालाई अँगालो हालेर खुसी मनाएका थिए ।
आन्दोलनका क्रममा सामाजिक अभियानी सोनम वाङचुकसहित केही विद्यार्थीले भोक हड्ताल गरेका थिए भने जुलाई २० मा प्रहरीसँग भएको झडपमा अश्रुग्यास र लाठीचार्जसमेत भएको थियो । सयौँ प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । आन्दोलनको नेतृत्व गरिरहेको सिजेपीले सरकारसँगको वार्तापछि आफ्ना मुख्य माग पूरा भएको दाबी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ । सरकार विद्यार्थीमाथिका मुद्दा फिर्ता लिन, आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिन र शिक्षामन्त्रीको राजीनामा स्वीकार गर्न सहमत भएको बताइएको छ ।
यद्यपि केही प्रदर्शनकारीले एक मन्त्रीको राजीनामा मात्र पर्याप्त नभएको भन्दै समग्र शिक्षा प्रणालीमै सुधार आवश्यक रहेको बताएका छन् ।






