काठमाडौँःत्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको घटनाबारे दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

स्वविय अध्यक्ष दीपक जोशीले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने बताएका छन् । प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने सत्यतथ्य सार्वजनिक गर्न पनि उनले माग गरेका छन् । यस घटनामा प्रहरीले प्रश्नपत्र लिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ । घटनाको छानबिनका लागि समिति पनि गठन गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय