काठमाडौँःहेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ६ः१५ बजे अन्दाजी ३०–३५ वर्षीय पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । अनुसन्धानका क्रममा मृतक थाहा नगरपालिका–१० स्थायी ठेगाना भएका ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे परिवारलाई जानकारी गराइसकिएको छ ।

घटनास्थल वरपर रगत देखिएकाले थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्र्याकर कुकुरसहितको टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय