काठमाडौं : अर्घाखाँची सिमेन्ट लिमिटेडले ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा आफ्नो वार्षिक बिक्री तथा मार्केटिङ सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ।

देशभरबाट सहभागी ३० भन्दा बढी बिक्री तथा मार्केटिङ कर्मचारीहरूको उपस्थिति रहेको यस कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल र निर्देशक गौरव अग्रवालको विशेष उपस्थिति रहेको थियो।

सम्मेलनमा कम्पनीको आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति तथा बजार विस्तारका विषयमा विस्तृत छलफल भएको छ। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।

नयाँ नीतिप्रति साझा बुझाइ विकास गर्ने उद्देश्यले आयोजित यस सम्मेलनले आगामी दिनमा कम्पनीको व्यापारलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय