काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र केन्द्रीय समिति विस्तारको गृहकार्य तीव्र भइरहँदा गृहमन्त्री सुधन गुरुङको राजनीतिक उचाइलाई लिएर चौतर्फी चासो बढेको छ ।

असार तेस्रो साता सम्पन्न प्रथम महाधिवेशनपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी भइरहँदा गुरुङलाई उपसभापति बनाउने गृहकार्यले तीव्रता पाएको हो ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीचको समीकरण मिलाउन पर्दापछाडि मुख्य भूमिका खेलेका गुरुङलाई उपसभापति बनाउन सभापति लामिछाने निकै सकारात्मक देखिएका छन् । पदाधिकारीलाई समावेशी बनाउन र दुवै शक्ति केन्द्रबीच सन्तुलन कायम राख्न पनि गुरुङको पल्ला भारी देखिएको स्रोतको दाबी छ ।

आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने रास्वपाको दोस्रो केन्द्रीय समिति बैठकले गुरुङसहित केही पदाधिकारी र सदस्यहरूको मनोनयनबारे औपचारिक र निर्णायक घोषणा गर्ने सम्भावना छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय