काठमाडौँःउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गर्नुभएको छ ।
उपभोक्ताले बजारमा ग्यासको अभाव भएको गुनासो गरेपछि मन्त्री यादवले दुई उद्योगको अवस्थाबारे जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा उद्योगीहरूले विगतमा जस्तै अहिले पनि ग्यास आपूर्ति सहज रूपमा भइरहेको दाबी गरेका छन् । तर उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्दा बजारमा अभाव देखिएको उनीहरूको भनाइ छ ।
मन्त्री यादवले ग्यास अभाव हुन नदिन व्यावसायिक प्रयोजनभन्दा घरेलु उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिनुभएको छ ।






