काठमाडौँःनेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको हो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले गोपालमान श्रेष्ठको निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने मेखलाल श्रेष्ठले जानकारी दिएका छन् । कांग्रेस सभापति गगन थापाले साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको घोषणा गरेका थिए ।
श्रेष्ठ नेपाली कांग्रेसका पुराना नेता तथा पटक–पटक मन्त्रीसमेत बनेका अनुभवी राजनीतिज्ञ थिए ।






