काठमाडौँः कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति ११ बजे लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय शिखर विक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन् ।

उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय