काठमाडौँः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन १३२ मिटर लामो अस्थायी माटोको बाँध भत्काएपछि तनाव उत्पन्न भएको छ ।

स्थानीयका अनुसार आइतबार दिउँसो करिब ७५ जना एसएसबी टोली नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको हो । स्थानीयले विरोध जनाए पनि हतियारसहित आएका सुरक्षाकर्मीका कारण रोक्न नसकेको बताएका छन् । सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेको दाबी गरेका छन् ।

घटनापछि अप्रिय अवस्था हुन नदिन नेपालको सशस्त्र प्रहरी बल घटनास्थलमा परिचालन गरिएको छ । सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय