काठमाडौँः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने सहमतिबाट एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् । अब कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन ओली आफैं सक्रिय बनेका छन् ।

स्रोतका अनुसार ओलीले पार्टी सचिव तथा कोशी इन्चार्ज शेरधन राईलाई कार्कीसँग राजीनामाका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् । राईले विराटनगरमा कार्कीसँग भेटेर अध्यक्ष ओलीको सन्देश सुनाए पनि कार्कीले राजीनामा दिन अस्वीकार गरेका छन् । संविधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री बनेका कार्कीले आफ्नो राजीनामाले संवैधानिक संकट निम्तिन सक्ने भन्दै पार्टी सचिवालयको निर्णयबिनाको कदम स्वीकार्य नहुने अडान राखेका छन् । एमाले पुनर्गठन अभियानमा कार्की संलग्न भएपछि उनलाई हटाउने योजनामा ओली लागेका हुन् ।

राजीनामा नदिए प्रदेशसभा सदस्यहरूको बहुमत जुटाएर नेतृत्व परिवर्तन गर्ने प्रयास पनि भइरहेको स्रोतको दाबी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय