काठमाडौँः काठमाडौँ र काभ्रेमा शृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समूहका नाइके भनिएका सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ र मनोज तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कर्मा तामाङविरुद्ध २०७९ यता नौ वटा मुद्दा दर्ता छन् । उनी गत वर्ष स्वयम्भू प्रहरी वृत्तको हिरासतबाट फरार भएका थिए । प्रहरीले समूह साउन ७ र असार महिनामा काठमाडौं र धुलिखेलमा भएका चारवटा लुटपाट घटनामा संलग्न रहेको जनाएको छ । बनेपाबाट चार जनालाई पक्राउ गरेपछि फरार कर्मालाई आइतबार राति बुढानिलकण्ठ–१३ चुनिखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउका क्रममा उनले खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाइ फायर र एक राउन्ड खुट्टामा गोली चलाएको थियो। घाइते कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।






