काठमाडौँः संघीय संसद् राष्ट्रिय सभाको शुक्रबार (साउन २२ गते) दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति परिवर्तन गरिएको हो । अब राष्ट्रिय सभाको बैठक साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामार्फत सांसदहरूलाई बैठकको नयाँ मिति र समयबारे जानकारी गराइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय