काठमाडौँः आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत कञ्चनपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।
साउन महिनाको पहिलो १५ दिनको नतिजाअनुसार कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरी बिल लिएका उपभोक्ताले बम्पर उपहार जितेका हुन्। विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ । यस्तै, गोलाप्रथाबाट अन्य १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार जितेका छन् ।
उपभोक्तामा बिल लिने बानीको विकास गरी कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले विभागले यो योजना सञ्चालन गरेको हो ।






