काठमाडौँः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुगेको छ ।

गएराति १ः१५ बजे करिब २००–३०० मिटर अग्लो डाँडाबाट पहिरो झरेपछि उछिट्टिएका ढुंगाले ब्यारेक, ड्युटी पोस्ट, राष्ट्रिय झण्डाको पोल, बाथरुम, जिन्सी स्टोर भवन र मुख्य गेट अगाडिको सिँढीमा क्षति पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा भने कुनै मानवीय क्षति भएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय