काठमाडौं । नेपाली क्रिकेटको बहुप्रतीक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म आयोजना हुने भएको छ।
‘The Festival of Himalayas’ का रूपमा प्रस्तुत हुँदै आएको NPL को तेस्रो संस्करणका लागि आयोजकले मिति सार्वजनिक गर्दै क्रिकेटप्रेमीलाई तयार रहन आह्वान गरेको छ।
यससँगै नेपाली क्रिकेटमा फेरि एकपटक घरेलु मैदानमा रोमाञ्चक प्रतिस्पर्धा, स्टार खेलाडीको प्रदर्शन र क्रिकेटप्रेमीको उत्साह देखिने अपेक्षा गरिएको छ।
आयोजकले सामाजिक सञ्जालमार्फत “Are you ready? Season III of The Festival of Himalayas is calling.” भन्दै प्रतियोगिताको तेस्रो संस्करणका लागि उत्सुकता बढाएको छ।
अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिकता र लोकप्रियतालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।






