काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेल केही दिनयता चर्चामा छन्। उनीहरूको वैवाहिक सम्बन्धमा दरार आएको भन्दै केही सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत विभिन्न टिप्पणी भइरहेका छन्।

यसैबीच, निखिल र सञ्चिता सँगै देखिएको नयाँ तस्बिर सार्वजनिक भएको छ। तस्बिरमा दुवैजना छोराछोरीसँगै नयाँ कारको खुसी साट्दै गरेको देखिन्छ।

पछिल्लो समय निखिलको फिल्म ‘आचार्य’ लामो समयपछि प्रदर्शनको तयारीमा रहेको चर्चा चलिरहेका बेला उनको व्यक्तिगत जीवनलाई लिएर समेत विभिन्न अड्कलबाजी भइरहेका थिए। तर, परिवारसहितको पछिल्लो तस्बिरले उनीहरूबीच सम्बन्ध बिग्रिएको भन्ने हल्लालाई थप प्रश्नको घेरामा ल्याएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरपछि धेरैले निखिल र सञ्चिताबीचको सम्बन्धलाई लिएर फैलिएका हल्लालाई निराधार भएको टिप्पणी गरेका छन्। यद्यपि, दुवैले आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा कुनै औपचारिक धारणा भने दिएका छैनन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय