काठमाडौँः शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोन परिचालन गरेको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट ट्र्याकिङ डगसहितको टोली ल्याएर गोरुसिंगे क्षेत्रको जंगलमा खोजी गरिएको हो ।

केही स्थानमा ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ । ६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे ३ बजेतिर उनले आफू निकटका व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएको’ बताएका थिए। त्यसपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए । खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगलमा सिंहले प्रयोग गर्ने मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सीसीटीभी फुटेजमा उनी दिउँसो ३ः२७ बजे रामराज पुलसम्म पुगेको देखिएको छ। त्यसपछि उनको अवस्था अज्ञात छ ।

सिंह माछापोखरी र कुखुरापालनका लागि फार्म निर्माण गरिरहेको र सोही क्षेत्रमा जाने क्रममा हराएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । तर, प्रहरीले सम्भावित सबै पक्षलाई खुला राखेर अनुसन्धान तथा खोजी जारी राखेको एसपी भट्टले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय