काठमाडौँः कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।

तीन दिनदेखि हराइरहेका ६५ वर्षीय सिंहको शव आइतबार गोरुसिंगे जंगलमा भेटिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। उनको मोटरसाइकल लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा रोकिएको अवस्थामा फेला परेको थियो ।

उनको खोजीका लागि प्रहरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत निगरानी गरेको थियो। शव भेटिएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय