काठमाडौँः जापानमा वर्किङ भिसा र रोजगारी दिलाइदिने भन्दै १५ जनाभन्दा बढी नेपालीबाट लाखौँ येन ठगी भएको आरोप लागेको छ ।

चिबामा पोसुतो कम्पनी सञ्चालन गर्दै आएका रोमन भट्टराईले प्रतिव्यक्ति ४ लाख ५० हजार येनसम्म लिएको पीडितहरूले बताएका छन् । उनीहरूलाई जापानी कम्पनी इनाहोको नाममा ‘नाइतेइ’ पत्र दिइएको थियो । तर इनाहो कम्पनीले उक्त नाइतेइ आफूहरूले जारी नगरेको जनाएको छ । पीडितहरूको भिसा आए पनि सम्बन्धित कम्पनीमा काम नपाएपछि आफूहरू ठगीमा परेको उनीहरूको भनाइ छ ।

भट्टराईले भने फोर्कलिफ्ट लाइसेन्स नभएकाले काम दिन नसकेको र अहिले काम खोजिरहेको दाबी गरेका छन् । पीडितहरूले रकम विभिन्न व्यक्तिगत खातामा जम्मा गर्न लगाइएको प्रमाणसमेत भेटिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय