काठमाडौँः सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई महिनामा कम्तीमा एकपटक केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

आगामी भदौदेखि सुरु हुने ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीहरूले आमनागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष सुन्नुपर्नेछ । त्यसपछि मन्त्री, सांसद र केन्द्रीय समिति सदस्यबीच बैठक बसेर नागरिकबाट आएका सुझावका आधारमा नीतिगत तथा समसामयिक विषयमा साझा रणनीति बनाइने रास्वपाले जनाएको छ।

कार्यक्रमको उद्देश्य मन्त्रीलाई नागरिकप्रति जवाफदेही बनाउने तथा नागरिक, पार्टी, संसदीय दल र सरकारबीच समन्वय र सूचना आदानप्रदान प्रभावकारी बनाउनु रहेको पार्टीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय