३ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता रियल मड्रिड नयाँ सिजनको पहिलो खेलमै मायोर्कासँग बराबरीमा रोकिएको हो।
रियलले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा मायवर्कासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ।
मायोर्काको मैदानमा रोड्रिगोले १३औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका हुन। उनले ब्राजिलियन टिममेट भिनिसयस जुनियरको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा मायोर्काले बराबरी गोल फर्कायो । मायोर्काका भेदात मुरिकीले ५३औं मिनेटमा बराबरी गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सेकन र दुवैले एक एक अंक बाँडे।
स्टार खेलाडी केलिएन एमबाप्लेले यसै खेलबाट ला लिगामा डेब्यु गरे । तर, उनले गोल गर्न सकेनन् । एमबाप्पेले युइएफए सुपर कपम एटलान्टा विरुद्ध खेल्दै रियलका लागि डेब्यु गरेका थिए । उक्त खेलमा उनले गोल पनि गरेका थिए ।
फर्नाल मेन्डीले इन्जुरी टाइमको सातौं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियलले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थिए ।
स्पानिस ला लिगा
टुर्नामेन्ट
मा रोकिएको हो।