काठमाडौँ -संगठनमा लामो समयदेखि सक्रिय रहेका सेढाईले विद्यार्थी आन्दोलन र संगठन निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने संकल्पका साथ केन्द्रीय निर्वाचन आयोगको सचिब पदमा उम्मेदवारी दिएको बताए ।

क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियामा सहमति जुट्न नसकेपछि चुनाव हुने तय भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकमा क्रान्तिकारीका पदाधिकारीबारे सहमति नजुटेपछि चुनाव हुने भएको हो। मंगलबार खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहमति नजुटेपछि क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि चुनावमै जाने निर्णय भएको थियो।

सेढाईको उम्मेदवारी र प्राथमिकता;

सेढाईले आफ्नो उम्मेदवारी घोषणा गर्दै विद्यार्थीहरूको हकहित संरक्षण, संगठनको सुदृढीकरण, र नेतृत्वमा पारदर्शिता स्थापित गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले भने, ‘विद्यार्थीहरूको आवाजलाई सशक्त बनाउँदै संगठनलाई अझ क्रियाशील बनाउन म कटिबद्ध छु।’ क्रान्तिकारीको नेतृत्व निर्वाचन मार्फत हुने भएपछि विद्यार्थीमाझ थप उत्सुकता र चर्चा बढाएको छ।
केन्द्रीय निर्वाचन आयोगको सचिब पदमा थप ३ जनाले पनी उम्मेदवार दर्ता गराएका छन् निराजन आचार्य, राज यादव र कमल बोहोराले तर सेढाईले भ्यालीबाट आफ्नो राजनीति सक्रिय बनाएकाले पनी उनी आम प्रतिनिधिमाझ पपुलर छन्। उनी आफु जित्ने पक्कापक्की जस्तो मान्छन्।

सेढाई थप्छन् -”समाजलाई सही दिशामा हिँडाउनु हाम्रो कर्तव्य हो । मैले मात्रै बोलेर, लेखेर, गाली खाएर के हुन्छ भन्ने सोच्नु हुँदैन । सत्य अर्थात् वैज्ञानिक विचारको पक्षमा, अन्यायका विरुद्धमा म उभिन्छु” भन्ने प्रण उनले गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय