गोरखा, फागुन १४ – जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा विशेष कार्यक्रम बारपाक सुलिकोट–८, पन्द्रुङमा सम्पन्न हुने भएको छ। शहीद रम्तेलको योगदानलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा पूर्व उपराष्ट्रपति तथा पूर्व जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन (पासाङ), लेखक तथा बामपन्थी विश्लेषक हरि रोका, प्रज्ञा प्रतिष्ठानबाट साहित्यकार तथा नाटककर्मीहरू, खगेन्द्र संग्रौला, ईश्वर चन्द्र ज्ञावली, जिबन शर्मा लगायत अन्य प्रतिष्ठित वक्ताहरूको उपस्थिति रहनेछ।

कार्यक्रम दिनको १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान र बारपाक सुलिकोट गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। शहीद रम्तेलको योगदान, जनयुद्धको ऐतिहासिक पक्ष, वर्तमान राजनीतिक परिप्रेक्ष्य, तथा नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे विविध विचार गोष्ठीहरू आयोजना गरिनेछ। साथै, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिने जनाइएको छ।

शहीद रम्तेल २०५२ साल फागुन १४ गते तत्कालीन शाही नेपाली सेनाको यातनाबाट शहीद भएका थिए। उनको बलिदानलाई सम्झना गर्दै प्रत्येक वर्ष फागुन १४ गते विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको छ। यस वर्षको स्मृति दिवस कार्यक्रम विशेषरूपमा गरिने आयोजकहरूले जनाएका छन्।

शहीद रम्तेल स्मृति पार्क तथा जनयुद्ध संग्राहलय, बारपाक सुलिकोट–८, पन्द्रुङ, गोरखामा हुने यस कार्यक्रममा सबै वामपन्थी, प्रगतिशील विचारधारा बोकेका नागरिक, साहित्यकार, पत्रकार, तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

यस कार्यक्रमबारे वाईसीएलका केन्द्रीय सदस्य धिरज उपरकोटेले जानकारी दिनुभएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय