काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व–पश्चिम हुलाकी मार्गकेन्द्रित जागरण अभियानले जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले दक्षिणी क्षेत्रमा बसोवास गर्ने आदिवासी, जनजाति, मधेशीका समस्या बुझ्न र त्यसको समाधान गर्न जागरण अभियान उपयोगी हुने धारणा व्यक्त गरे ।

साथै उनले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र भएको बताए ।

अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य हुने र जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने जिकिर गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय