काठमाडौं । उपत्यका विशेष प्रदेशमा लामो समय विद्यार्थी राजनीति गरेका बाबुराम नेपालीलाई नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरेको छ।

गोरखा निवासी नेपालीले अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको उप–महासचिव र उपत्यका विशेष प्रदेशको सह–इन्चार्जको रूपमा महत्वपूर्ण भूमिका निभाएका थिए। विद्यार्थी राजनीतिमा उमेर हद लागेपछि उनले उपाध्यक्ष पदको दाबेदारी गुमाए, तर पार्टीले उनलाई गण्डकी प्रदेशको जिम्मेवारी सुम्पेको छ।

“मेरो आफ्नै प्रदेशमा मलाई जिम्मेवारी दिइएको छ, म आफ्नो पूर्ण इच्छाशक्ति सहित काम गर्नेछु,“ बाबुराम नेपालीले प्रतिक्रिया दिए। पब्लिक युथ क्याम्पसबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले गण्डकी प्रदेशसम्म विस्तार भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय