काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरुमा धेरै राजनीतिकरण भएको बताएका हुन् । उनले सामाजिक संस्थाहरुलाई राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताए । नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको उनको भनाइ छ ।

सांसद निधीले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय