काठमाडौं । इटालीका पूर्वकप्तान र प्रसिद्ध गोलकिपर जियानलुइजी बुफोनले नेपाललाई एशियन कप, विश्वकप र अन्य प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिनका लागि संरचनामा ठूलो लगानी गर्नुपर्ने बताएका छन्।

आइतवार काठमाडौँको हयात रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले नेपाललाई विश्व फुटबलका प्रमुख प्रतियोगितामा समावेश गर्नका लागि संरचनागत सुधार र अन्य महत्त्वपूर्ण पक्षहरूमा लगानी गर्न आवश्यक पर्ने धारणा प्रस्तुत गरे। ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन पूरा हुने पनि उनको भनाइ छ। बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन्। बुफोन आइतवार नेपाल आएका हुन्।

बुफोनले आफ्नो सानो उमेरमा नेपालको झण्डा नयाँ र आकर्षक लाग्ने कुरा स्मरण गर्दै, हिमालको देश नेपालमा आउन पाउँदा आफूलाई निकै खुशी र उत्साहित महसुस भएको बताए। उनले नेपाल आउने अवसरका लागि आयोजकलाई धन्यवाद दिए ।

सन् २००६ को विश्वकप विजेता बुफोन अहिले केपी ओली कपको फाइनल खेल हेर्न नेपाल आएका छन्। उनले उक्त अवसरलाई आफ्नो र आफ्नो श्रीमतीका लागि अवस्मरणीय दिन रहेको बताए ।

कडा मेहनत र आफ्नो कामप्रति माया राखेर फिटनेसमा सुधार ल्याएको अनुभव सुनाउँदै, उनले फेरि नेपाल आउने उनको चाहना रहेको बताए । अर्को पटक आफू लामो समयको लागि नेपाल आउँदा यहाँका धार्मिक स्थलहरूमा भ्रमण गर्ने योजना रहेको जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय