काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मच्छिन्द्र क्लबले ह्याट्रिक गरेको छ। सोमबार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय क्लब आर्मीलाई २–० ले हराउँदै तेस्रो संस्करणको उपाधि हात पा¥यो।

यसअघि मच्छिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई पहिलो संस्करणमा पेनाल्टी सुटआउटमा ५–३ को जित निकाल्दै च्याम्पियन बनेको थियो। त्यस्तै, दोस्रो संस्करणमा एनआरटीलाई हराएर मच्छिन्द्रले उपाधि जित्दा ह्याट्रिक गर्ने क्रममा आर्मीलाई यो पटक पराजित गर्न मच्छिन्द्र सफल भयो।

मच्छिन्द्रले खेलमा पहिलो हाफमा आत्माघाति गोलमार्फत अग्रता लियो। २९ ‍औं मिनेटमा एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठको क्रसलाई आर्मीका डिफेन्डर विमल पाण्डेले क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा आर्मी खेलमा पछि पर्न पुगेको थियो। दोस्रो हाफमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। ७२ औँ मिनेटमा मच्छिन्द्रका लागि स्टेफन जमाहाले अग्रता दोब्बर बनाए। उनले मल्लिक युसुफको आकर्षक पासलाई सदुपयोग गरे।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ प्राप्त गर्दा उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ। खचाखच दर्शकले भरिएको दशरथ रंगशालामा यो पटक फाइनल हेर्न इटालियन महान फुटबलर जियानलुइजी बुफोन आएका थिए। उनी खेलअवधिभर हस्ताक्षरमा ब्यस्त रहँदा समर्थकहरुमा उनको हाउभाउले निकै विशेष स्थान पाएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय