काठमाडौं । प्रतिनिधि सभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री अधिकारीको प्रस्तावसँगै सभामुख देवराज घिमिरेले निणयार्थ प्रस्तुत गरेका थिए ।

सभामुख घिमिरेले अध्यादेश बहुमतले स्वीकृत भएको घोषणा गरे । ‘हुन्छ भन्ने पक्षका माननिय सदस्यहरुको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु,’– सभामुख घिमिरेले भने ।

प्रतिनिधि सभाकोे अर्को बैठक फागुन २२ गते विहीबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय