काठमाडौं । देशकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसलाई उच्च बजेट प्राप्त भए पनि सो अनुसारको पूर्वाधार, शिक्षा गुणस्तर र अनुसन्धान प्रयोगशाला विकास हुन नसकेको भन्दै विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्।

अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका सदस्य विवेक जङ्ग शाहीले क्याम्पसको पछिल्लो अवस्था र जवाफदेहीतामाथि प्रश्न उठाउँदै स्ववियु नेतृत्व र क्याम्पस प्रशासनको जिम्मेवारीबारे चर्चा गरेका छन्। उनका अनुसार, नेतृत्वमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी लिन नचाहने प्रवृत्तिले त्रिचन्द्रको विकास अवरुद्ध भएको छ।

उनले लोकतान्त्रिक व्यवस्थामा जिम्मेवारी बहन गर्न असफल संगठन वा व्यक्तिलाई पुनः सत्तामा ल्याउनु गलत हुने भन्दै विद्यार्थीहरूलाई सचेत रहन आग्रह गरेका छन्। “यदि भ्रष्टाचार, गुन्डागर्दी र क्याम्पसको अवस्थाप्रति गुनासो मात्र गर्ने तर सही निर्णय नलिने हो भने पछि पछुताउनुको कुनै अर्थ छैन,“ शाहीले भने।

उनले आगामी चैत्र ५ गते हुने स्ववियु चुनावमा सचेत भएर सही निर्णय गर्न सबै विद्यार्थीहरूलाई अपिल गरेका छन्। “विद्यार्थीको एउटा मतले क्याम्पसको भविष्य १० वर्ष पछाडि वा अघि डोर्याउन सक्छ,“ उनले भने।

त्रिचन्द्र क्याम्पसमा आगामी स्ववियु चुनावका लागि विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना एजेन्डासहित सक्रिय छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय